सवारी दुर्घटनामा ८ बालबलिकाको मृत्यु

बैशाख १८, २०७९ आइतबार

फाइल तस्वीर

पोखरा । इजिप्टमा शनिबार भएको  सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ । अरु चार जना घाइते भएका बताइएको छ ।

इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए ।

नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।

घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।