बैशाख २९, २०७९ बिहीबार
फाइल तस्वीर
पोखरा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते नेपाल आउने भएका हुन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ ।
भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।
टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । वायु सेनाको विमान सुरक्षाकर्मी र गाडी यहाँ छाडेर दिल्ली फिर्ता भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए ।
उनका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी-७६ सुरक्षाकर्मी र गाडी लिएर भैरहवा आएको हो ।