पोखरामा धादिङका कान्छा तामाङ मृत फेला, प्रहरीद्धारा अनुसन्धान शुरु

बैशाख २९, २०७९ बिहीबार

पोखरा । पोखरामा धादिङका एक व्यक्तिको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं. १६ अर्मलाकोटको दादरेस्थित जंगलमा बुधबार साँझ धादिङका कान्छा तामाङको शव भेटिएको बताइन्छ ।

तामाङको मृत्युको कारण खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार तामाङको मृत्युका सम्बन्धमा अनुसन्धान शुरु गरिएको छ ।

जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शरीरमा जुकाले टोकेको दागबाहेक अन्य कुनै चोटपटक नदेखिएको डिएसपी तिवारीले बताए । 

लामो समयदेखि अर्मलाकोटमै बस्दै आएका तामाङ बाँसका डोका, डाला बनाउने काम गर्ने गरेका थिए ।