युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी गाभिने

बैशाख २९, २०७९ बिहीबार

पोखरा । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरूको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वास्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको संवर्द्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बीमितको हित संरक्षण गर्ने उद्देश्य तीनै कम्पनीले लिएका छन् ।