बैशाख ३०, २०७९ शुक्रबार
तस्वीरः दमौली न्यूजबाट
पोखरा । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । कुटपिटबाट जोशी घाइते भएका छन् । उनको निधारदेखि टाउकाको धेरै ठाउँमा चोट लागेको छ ।
घाइते जोशीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भए पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा ल्याइएको हो ।
मतदानस्थलको निरीक्षणका क्रममा व्यास नगरपालिका वडा नं. ८ रिस्ती पुग्दा जोशीमाथि कुटपिट भएको हो ।
मतदान ढिलो भएपछि निरीक्षणका क्रममा गएका जोशीमाथि स्थानीय कांग्रेस एजेण्टले कुटपिट गरेको बताइएको छ । सोक्रममा केही मतपत्रसमेत च्यातिएको बताइन्छ ।