पञ्चमूलमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बैशाख ३०, २०७९ शुक्रबार

पोखरा । स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । वालिङ नगरपालिका–१४ पञ्चमूलमा ग२च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो । 

मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका प्रविण कुँवर, कुलदिप कुँवर, टेककला कुँवर, जमुना कुँवर, जानुका कुँवर, डेमकुमारी कुँवर, कुमारी कुँवर, हरिकला कुँवर, भीमकला कुँवर, पोटकुमारी कुँवर, ज्ञान दली कुँवर, फूलदेवी कुँवर, मीना कुँवर र माया पुन रहेका छन् । 

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको बताए । 

दुर्घटनामा घाइते हुनेहरूमा नेत्रबहादुर कुँवर, सरस्वती कुँवर, अनिष कुँवर, बेलमाया कुँवर, ज्यामकली कुँवर, ज्ञान माया कुँवर, भुलबहादुर कुँवर, कविता कुँवर, कुशल कुँवर, कौशल कुँवर, सीता कुँवर, गौमती थापा छन् ।