मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका राजु विजयी

बैशाख ३१, २०७९ शनिबार

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् । 

नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाए ।

उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाए । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । 

लोघेकर दामोदरकुण्ड-१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।