मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेसका लालचन विजयी

बैशाख ३१, २०७९ शनिबार

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनले नेकपा एमालेका सञ्जयकुमार थकालीलाई दुई मतको अन्तरले पराजित गरेका हुन् ।

मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लालचनले ७६० मत ल्याए । उनका प्रतिस्पर्धी थकालीले ७५८ मत पाए । 

गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर विजयी भएकी छन् । उपाध्यक्षमा निर्वाचित मगरले ६९३ मत ल्याइन् ।

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन् । घरपझोङ गाउँपालिका २०७४ सालको चुनावमा अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो ।