स्याङ्जाको हरिनाश-१ मा कांग्रेसको प्यानल नै विजयी

बैशाख ३१, २०७९ शनिबार

स्याङ्जा । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङले नेकपा (एमाले)का मिलनराज श्रेष्ठलाई पराजित गरेका हुन् ।

यस वडामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठवन्धन रहेको थियो । विजयी गुरुङले ८०४ र श्रेष्ठले ५४२ मत प्राप्त गरे ।

वडासदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएका छन्