धादिङ त्रिपुरासुन्दरी-६ का कांग्रेस सभापति बुर्लाकोटीद्धारा राजीनामा

जेठ १२, २०७९ बिहीबार

पोखरा । नेपाली कांग्रेस, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ का सभापति दिनेश बुर्लाकोटीले पदबाट राजीनामा दिएका छन् ।

निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार पराजित भएपछि सभापति बुर्लाकोटीले राजीनामा दिएका हुन् ।

यस वडाको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका हरि विक विजयी भएका छन् ।

वडामा तीन दशकदेखि कांग्रेस विजयी हुँदै आएकोमा यसपटक पराजित भएको हो ।

वडामा वडाध्यक्षबाहेक वडासदस्यमा सबै नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।