बालेन पत्नी सविनाको भावुक स्टाटस्, तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ, तर मलाई....

जेठ १३, २०७९ शुक्रबार

पोखरा । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) की धर्मपत्नी सविना काफ्लेले वालेनका बारेमा भावुक स्टाटस् लेखेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा बालेनलाई मेरोबाट हाम्रो भएको भन्दै यसले गर्वले आफ्नो छाती फुलेको र शिर उचालिएको उल्लेख गरेकी छन् । सविनाले आगामी बाटाहरुमा विशाल भवसागर (संसाररुपी समुद्र), बाधा अड्चन र चुनौतीहरुका अड्कल काट्न पनि मन डराउने स्टाटसमा उल्लेख गरेकी छन् ।

यसो उल्लेख गरिरहँदा उनले अर्को भावुक शब्दहरु लेखेकी छन्, ‘तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँ कतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।’ 

उनले घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार नहुने भन्दै वालेनलाई कहिले हार्न नदिने र आफ्ना हरेक प्रार्थनामा बालेनको सफलता हुने उल्लेख गरेकी छन् । 

यस्तो छ सविनाको स्टाटस्

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको  मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !

घरीघरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ । घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । 

तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।