स्याङ्जामा प्याराग्लाइडिङबाट खसेर लक्ष्मी अर्याल घाइते, उपचारका लागि पोखरा ल्याइयो

जेठ १३, २०७९ शुक्रबार

पोखरा । स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर एक युवती घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल रहेकी छन् ।

अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई थप उपचारका पोखरा ल्याइएको छ ।

आज दिउसो १२ः५० बजे भीरकोट नगरपालिका-८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्नेक्रममा अर्याल अचानक खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।