पोखरामा रक्तिमको जनसांस्कृतिक कार्यक्रम

जेठ १५, २०७९ आइतबार

पोखरा । पोखरामा रक्तिमको जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवसका अवसरमा रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितिले आइतबार पोखरामा जनसांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहेको थियो ।

देशमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरुमा रक्तिमले गीत, सङ्गीत र साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले जनताको बलिदनीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रको आकाशमाथि कालो बादल मडारिन थालेको बताए ।

गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका दलहरु नै सत्तामा भएर जेजस्तो व्यवहार प्रदर्शन गरिरहेका छन् त्यसबाट गणतान्त्रिक ब्यवस्थाप्रति नै जनताको वितृष्णा बढ्दै गएको उनले बताए । 

रक्तिमको यो विविध जनसांस्कृतिक कार्यक्रम बाटो बिराउँदै गएको राजनीतिक नेतृत्वलाई खबरदारी गर्नका लागि भएको उनले स्पष्ट पारे । कार्यक्रममा जनगायक जीवन शर्मा तथा रक्तिमको केन्द्रीय टोलीले जनताका गीत, नाच र अभिनयहरु प्रस्तुत गरेका थिए ।