विक्रम बरालको आवाजमा सनमन गुरुङको ‘सपनाको गहिराई’ सार्वजनिक

जेठ २०, २०७९ शुक्रबार

पोखरा । गीतकार सनमन गुरुङको ‘सपनाको गहिराई’ सार्वजनिक गरिएको छ । नेपाल आइडलका गायक विक्रम बरालको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा देउराली ब्याण्डका संस्थापक तेज केसीले संगीत संयोजन गरेका छन् ।  

सामाजिक कार्यसँगै सांगीतिक तथा साहित्यिक गतिविधिमा आफूलाई संलग्न गराएका सनमन एक खेलाडी पनि हुन् । शिक्षण पेशामासमेत उनको दखलता छ । सनमनले भारतीय सेनाकोसमेत अनुभव लिएका छन् ।

संस्थागतरुपमा रामबजार सोसाइटी युकेको महासचिवकोसमेत जिम्मेबवारी सम्हालेका सनमनले पहिलो गीत माझी दाईले जाल हान्यो ल्याए । 

उनकै सिर्जनामा ज्ञान थापाको स्वर र युवराज गुरुङको निर्देशनमा रहेको उक्त गीतको सफलता पश्चात संगीतमा उनको क्रियाशीलता बढ्दो देखिन्छ ।