नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति अमेरिका क्षेत्रीय समितिमा रुवाली

असार ७, २०७९ मंगलबार

पोखरा । नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) अन्तर्गत अमेरिकाज क्षेत्रीय सभापतिमा टकबहादुर रुवाली निर्वाचित भएका छन् । 

समितिको उपसभापतिमा रमेश रिजाल र राजेन्द्र अधिकारी, महासचिवमा क्रिस सुवेदी, सचिवमा नारायण पोखरेल, कोषाध्यक्षमा दीप गौतम रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा मधु पोखरेल, अनन्तराज न्यौपाने, भरत थापा, विक्रम आत्रेय, राजकुमार हमाल, लक्ष्मण अधिकारी, रेनु वाइवा, पुनम बस्याल, छिरिङ शेर्पा र डोलेन पोखरेल रहेका छन् । 

विश्वभर छरिएर रहेका सबै प्रजातन्त्रवादीहरुलाई एउटै मालामा संगठित गर्न २०१८ मा संस्था स्थापना गरिएको र संस्थाको सञ्जाल फैलिंदै गएको महासचिव चिन्तामणि सापकोटाले जानकारी दिए ।