व्यूटीपार्लर तालिममा सहभागी युवती होटलमा मृेत फेला

असार ८, २०७९ बुधबार

रोल्पा । रोल्पामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी युवती होटलमा मृत फेला परेकी  हुन्  ।

रुन्टिगढी गाउँपालिका वडा नं. ५ छिन्नेटाकी  १७ वर्षीय  कृष्णी विक मृत फेला परेकी हुन् । सदरमुकाम लिवाङ्गस्थित घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा सहभागी भएकी उनी होटलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको  छ  ।  

रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार होटलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले  सर्पले डसेर उनको मृत्यु भएको हो कि भन्ने आशंका गरिएको छ । तर मेडिकल रिपोर्ट नआएसम्म एकिन भन्न नसकिने उनको  भनाइ छ । विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।