देउरालीमा टिपरको ठक्करबाट महिलाको मृत्यु

असार ८, २०७९ बुधबार

फाइल तस्वीर

काठमाडौं । शंखरापुर नगरपालिका वडा नं. १ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

मङ्गलबार राति प्रदेश-३-०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताए । 

टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए ।