जीप दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

असार ८, २०७९ बुधबार

सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् ।  

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको हो ।

बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा१झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा पाँच जना सवार रहेका थिए ।

जीपमा सवार अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । 

ब्रेक फेल भएर जीप दुर्घटना भएको अनुमान प्रहरीको छ । जीप सडकबाट २० मिटर तल खसेको छ ।