भूकम्पको असरः कास्कीकोटमा घरमा क्षति, करिष्मा सुवेदी घाइते

असार ९, २०७९ बिहीबार

फाइल तस्वीर

पोखरा । कास्कीमा आज बिहान गएको भूकम्पले कास्कीकोटको एक घरमा क्षति पुगेको छ । 

भूकम्पले कास्कीकोटको दोपरेस्थित पूर्णहरि सुवेदीको घरमा क्षति पुर्याएको छ भने घरको आँटी भत्किंदा उनकी छोरी १५ वर्षकी करिष्मा घाइते भएकी छन् । 

करिष्माको पोखरास्थित अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कास्कीमन आज बिहान ३ बजेर ५७ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको थियो ।