पोखराको बी एण्ड बी मोवाइल पसलमा आगलागी

असार ९, २०७९ बिहीबार

फाइल तस्वीर

पोखरा । पोखराको एक मोवाइल पसलमा बुधबार राति आगलागी भएको छ । सो आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं. ३२ झ्याउरीचोकस्थित बी एण्ड बी मोवाइल पसरमा विद्युत सर्ट भएर आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मोवाइल पसल स्थानीय विकास सुनारले सञ्चालन गर्दै आएका थिए । प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगोलागीबाट कोठामा भएका सामानहरु जली नष्ट भई करिब तीन लाख बराबरको क्षति भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।