पोखरामा उपचाररत बालिकाको पाठेघरमा काठको टुक्रा, निकाल्न आर्थिक अभाव

असार १४, २०७९ मंगलबार

पोखरा । तनहुँकी चार वर्षकी एक बालिकाको पाठेघरमा काठको टुक्रा भेटिएको छ । व्यास नगरपालिका वडा नं= ११ सेराकी युविना थापा मगरको पाठेघरमा काठको टुक्रा भेटिएको हो । उनको हाल पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । 

चिकित्सकहरुले बालिकाको पाठेघरबाट अड्किएको काठको टुक्रा झिक्न अपरेशन गर्नुपर्ने भनेको तर आर्थिक अभावले अपरेशन गर्न नसकिएको परिवारले जनाएको छ । 

बालिकाकी आमा छनुमाया थापा मगरले छोरीको उपचारमा सहयोग गरिदिन अपिल पनि गरेकी छन् ।

यसैगरी स्थानीय शान्ति दुरालेसमेत बालिकाको उपचारमा सहयोगका लागि अपिल गरेकी छन् । युविना शेरास्थित वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छिन् ।

युविनालाई असार २ गते स्थानीय बुल्दी खोलाले बगाएको थियो । सोही क्रममा उनको पाठेघरमा काठको टुक्रा पुगेको आशंका गरिएको छ । 

सहयोगका लागि आमा छुनुमाया मगरलाई ९८१७१८३१०८ मा सम्पर्क गर्न सकिन्छ ।