म्याग्दीकी मिलनले जितिन् पाचौं मिस मगर नेपालको ताज

साउन ६, २०७९ शुक्रबार

पोखरा । पाचौं संस्करणको मिस मगर नेपाल-२०२२ को ताज म्याग्दीकी मिलन थापामगरले जितेकी छन् । उनले उपाधि संगै वेस्ट वाक र मोस्ट ट्यालेन्टटेड अवार्ड समेत आफ्नो पोल्टाका पारेकी छिन् ।

शुक्रबार राति पोखराको पाँच तारे होटलमा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिको ताज जितेकी हुन् । उनले उपाधिको क्राउनसंगै अवार्ड र ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लिद्वारा आयोजित प्रतियोगितामा फष्ट रनरअफ इलामकी भावना खपांगीमगले जितिन् । उनले क्राउन र अवार्ड सहित ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् । 

यस्तै, सेकेन्ड रनरअप पाल्पाकी टुगा रानामगर बन्न सफल भइन् । उनले क्राउन र अवार्ड सहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी थर्ड रनरअप बन्न सफल मीना गर्बुजा मगरले क्राउन र अवार्ड सहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगर भएकी थिइन् ।

प्रतियोगिताको निर्णायकमा चलचित्रकर्मी, तथा लेखक मेजन पुनमगर, अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगर, संस्कृतिकर्मी तथा सर्जक रेशम थापामगर ‘रचक’, संस्कृतिकर्मी तथा नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगर, मिस मगर तनहुँ २०११ की फस्टरनरअप पवित्रा थापामगर र निर्णायक सहजकर्ता गण्डकी भ्वाइस डकटमका आइटि निर्देशक मदनराज जैशी थिए । 

विजेताहरुलाई मिस मगर नेपाल २०१९ का विजेताहरु र कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यसअघि सन् २०१९ मा सम्पन्न चौथो चरणको मिस मगर नेपालको ताज सनम गर्बुजाले जितेकी थिइन् ।

प्रतियोगितामा वेष्ट फिगर अवार्ड शोभा पुनमगर, मोस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मोस्ट डिसप्लेन सलिना घर्तीमगर, मोस्ट पपुलर साराङ्ग सोरालीमगर, मोस्ट फ्रेण्ली सृष्टी फगामीमगर, वेस्ट स्माइल सोनु सोमारे मगर, मस्ट सर्पोटिभ गोमा थापामगर, वेस्ट स्कीन रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मोस्ट इन्टेलिजेन्ट टुगा रानामगर बन्न सफल भएका थिए । सुस्मिता पुनमगरको कोरियोग्राफीमा भएको मिस मगर नेपालको प्रतियोगिहरुलाई आईएफसी फेशन कलेजका १३ जना फेशन डिजाईनरहरुले ड्रेस बनाएका थिए ।

कार्यक्रममा चर्चित कलाकारहरुद्धारा बिभिन सांस्कृतिक नृत्य र गीतहरुको प्रस्तुतिले हलमा उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

करिब ५ घण्टा सम्म चलेको उक्त कार्यक्रमलाई पब्लिक फोके टेलिभिजन र मिस मगर नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रमको स्वागत मन्तब्य मिस मगर नेपालको तालिम निर्देशक रुद्र श्रीसमगर र समापन सभाध्यक्ष एम बि आस्थामगरले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी जुना थापामगर र सुरज थापामगरले गरेका थिए ।