महेन्द्र-शान्तिश्रीको गीत ‘काली तरेर’ सार्वजनिक

साउन १४, २०७९ शनिबार

पोखरा । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । 

महेन्द्र राज बराल र शान्तिश्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । 

गीतमा कृष्ण बिके (भाञ्जा) को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ ।

मानव सुवेदी निर्देशित भिडियोमा शौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ । 

हेरौं भिडियो