आहारारा गोल्डकप आर्थिकरुपले घाटामा

साउन १४, २०७९ शनिबार

पोखरा । सहारा क्लव पोखराद्वारा आयोजित २० औं आहारारा गोल्डकप फुटवल प्रतियोगिता आर्थिकरुपले घाटा भएको छ ।

गत माघमा सम्पन्न प्रतियोगिताबाट १२ लाख ६२ हजार ८२६ रुपैयाँ घाटा भएको अर्थ संकलन समिति संयोजक सुनिल गुरुङले जानकारी दिए ।

कूल नोक्सानलाई कम गर्नका लागि क्लवका शाखा संस्थाहरु यूके, हङकङ र अष्ट्रेलियाबाट एकमुष्ट पाँच लाख एक हजार, यूकेबाट तीन लाख र अष्ट्रेलियाबाट एक लाख रुपैयाँ प्राप्त भएर कूल तीन लाख ४७ हजार ८१८ रुपैयाँ घाटा भएको उनले बताए ।

प्रतियोगितामा कूल आम्दानी ६६ लाख ४१ हजार १८१ रुपैयाँ आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको क्लवले जनाएको छ । 

२० औं संस्करणको प्रतियोगिता सशस्त्र प्रहरी वलको एपीएफ क्लवले जितेको थियो । प्रतियोगितामा मनाङमर्स्याङदी क्लव उपविजेता भएको थियो ।  

क्लवले विगतका प्रतियोगिताबाट भएका आम्दानी सहारा एकेडेमीमा खर्च गर्दै आएको थियो ।