आज नेपाल-भारत भिड्दै

साउन १५, २०७९ आइतबार

पोखरा । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ ।

कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे शुरु हुनेछ ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।  

नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् ।