गायक भूमीराजको ‘देखेपछि तिमीलाई’ सार्वजनिक

साउन १५, २०७९ आइतबार

साउन । गायक तथा मोडल भूमीराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडियो देखेपछि तिमीलाईको विमोचन गरिएको छ । कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम् समाजसेवी पूर्णबहादुर गुरुङले भिडियो विमोचन गरेका हुन् ।

गीतमा स्वर भूमीराज ढुंगानाको, किरण देवकोटाको लय तथा शब्द, विशाल परियारको संगीत संयोजन रहेको छ । भिडियोमा गायक भूमीराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय छ ।

गीतको भिडियोको छायाकंन भीम तिमिल्सिनाले गरेका हुन् । कलर, ड्रोन, सम्पादन, रेकर्डिङ, मास्टर, मिक्सिङ अनिल शाही ठकुरीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङको रहेको छ ।

कार्यक्रममा युवा व्यवसायी एकराज गिरी, लेखुराम खाती, कृष्णटोल आमा समूह अध्यक्ष रुपा केसी लगायतले बोलेका थिए ।