नेपाल-बङ्गलादेश बराबरी, अब के होला ?

साउन १७, २०७९ मंगलबार

पोखरा । साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । नेपालले बङ्गलादेशसँग एक-एक गोलको बराबरी खेलेको हो । 

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीबाट अवसर बने पनि गोल भने हुन सकेन । दुवै गोल दोस्रो हाफमा भयो । 

खेलको ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याए । 

यो बराबरीसँगै बङ्गलादेश चार खेलका १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । नेपाल चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारत भने ६ अङ्कसहित तेस्रो स्थानमा छ । 

आज साँझ भारत र माल्दिभ्सबीच हुने खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । भारतले माल्दिभ्ससँग हारेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ । माल्दिभ्ससँग भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ ।