पोउवासंघको निर्वाचन : पवन प्रजापतिद्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

साउन २३, २०७९ सोमबार

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पवन प्रजापतिले उम्मेद्वारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका प्रजापतिले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

संघको ३४ औं अधिवेशन भाद्र २४ र २५ गते हुँदैछ । संघको अध्यक्ष पदमा वर्तमान उपाध्यक्षसमेत रहेका अर्जुन पोखरेलले आइतबार नै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

प्रजापतिले केही दिनमा आफ्नो टिमसहित उम्मेद्वारी घोषणा गर्ने उल्लेख गरेका छन् । उनले संघमा दुई पटक कार्यसमिति सदस्य, एक पटक कोषाध्यक्ष र एक पटक वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।