तनहुँमा बसको ठक्करबाट घाइते भएका रितेशको मृत्यु

साउन २३, २०७९ सोमबार

तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा घाइते भएका एक बालकको आज ज्यान गएको छ ।

मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा ५ क्युदीस्थित देवपुर दासढुङ्गाका ११ वर्षीय रितेश तामाङ रहेका छन् । 

गत साउन १७ गते दासढुङ्गामा ग१क ३०३४ नम्बरको बसको ठक्करबाट रितेश गम्भीर घाइते भएका थिए ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।