हराएको स्कूटर यसरी भेट्टाइन् ताराले

साउन २४, २०७९ मंगलबार

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको स्कूटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

पोखरा महानगरपालिका वडा नं. २ बागलुङ बसपार्क बस्ने बागलुङकी तारा गुरुङले आफ्नो ग६प ९४२ नम्बरको स्कूटर हराएको भन्दै कास्की प्रहरीमा शनिबार जानकारी गराएकी थिइन् । 

प्रहरीले खोजतलास गर्दा दुई दिनमै स्कूटर फेला पार्न सफल भयो ।

सोमबार पोखरा महानगरपालिका वडा नं. ४ स्थित स्काउट भवन नजिकै स्कूटर फेला पारी मंगलबार तारालाई हस्तान्तरण गरिएको कास्की प्रहरीले जनाएको छ । स्कूटर भेट्टाएपछि ताराले कास्की प्रहरीको प्रशंसा गरिन् ।