नर्सिङ क्याम्पस कर्मचारी संघको सभापतिमा बस्नेत

असोज ६, २०७९ बिहीबार

पोखरा । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस पोखराको कर्मचारी संघ एकाइ सभापतिमा हसिना बस्नेत निर्वाचित भएकी छन् ।

संघको बुधबार सम्पन्न अधिवेशनले बस्नेतलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

निर्वाचन उपसमिति संयोजक उपप्राध्यापक रीता पाठकका अनुसार संघको उपसभापतिमा लक्ष्मणप्रसाद घिमिरे, सचिव मोक्षदा ढकाल र सहसचिव सुरज केसी चयन भएका छन् ।

निर्वाचितहरुलाई क्याम्पस प्रमुख नीता ताम्राकारले बधाई ज्ञापनसहित प्रमाणपत्र वितरण गरिन् ।

कार्यक्रममा प्राध्यापक संघ एकाइ समिति सहसचिव उपप्राध्यापक रञ्जिता कर्माचार्य, प्रशासन प्रमुख प्रजापति पराजुली, शाखा अधिकृत धनबहादुर थापा, ज्ञानकुमारी पराजुली लगायतले बोलेका थिए ।