पवित्र सहकारीद्वारा खाद्यान्न सहयोग

असोज ८, २०७९ शनिबार

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित पवित्र वचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ । सहकारीले स्थापनाको १२औं वर्षको अवसरमा सहयोग गरिएको हो । 

मादी गाउँपालिका तारकाङ घर भएका दीर्घमान रानाभाटको परिवारलाई सहकारीले खाद्यान्न सहयोग गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सहयोग गर्दै आएको बताए ।

संस्थाका संस्थापक सचिव तथा सल्लाहकार कृष्ण रानाभाट, उपाध्यक्ष गुप्तबहादुर रानाभाट, सचिव चन्द्र रानाभाट, कोषाध्यक्ष एकेन्द्र वञ्जरा भाट, ऋण उपसमिति संयोजक यामबहादुर रानाभाट, सदस्यहरु रेवती अधिकारी भाट, लेखनाथ रानाभाट, प्रवन्धक संगीता रानाभाट, कार्यालय सहायक अप्सरा रानाभाट लगायत सहभागी थिए ।