पोखराको आँखा अस्पताल चोकमा सेभेनस्टार फुड एण्ड मार्टको शाखा शुभारम्भ

असोज १०, २०७९ सोमबार

पोखरा । पोखरास्थित सेभेनस्टार फुड एण्ड मार्ट प्रालिले पोखरा-१७ आँखा अस्पताल चोकमा शाखा विस्तार गरेको छ । सेभेनस्टार शुरु भएको दुई वर्षमै शाखा विस्तार भएको हो । 

करिब तीन करोड रुपैयाँको लागतमा शाखा सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष राजु भुवाइँले जानकारी दिए । विशेषगरि आँखा अस्पताल चोक, घारीपाटन, हिमालीटोल, रातोपैह्राका ग्राहकलाई लक्षित गरि शाखा स्थापना गरिएको उनले बताए ।

नेपालीहरुको महान पर्व घटस्थापनाको अवसर पारेर क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री तथा पाँच कन्याले संयुक्तरुपमा शाखा शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा प्रमुख अतिथि क्षेत्रीले युवाहरु मिलेर व्यवसाय सञ्चालन गर्नु अत्यन्तै स्वागतयोग्य कदम भएको भन्दै यसबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए । 

संस्थाका अध्यक्ष भुवाइँको अध्यक्षतामा भएको कार्यक्रममा सूर्यराज घिमिरेले स्वागत र महासचिव डिल्लीराम पनेरुले कार्यक्रम सञ्चालन गरेका थिए । 

शाखा शुभारम्भको अवसर पारेर २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ । 

संस्थामा राजु भुवाइँ, डिल्लीराम पनेरु, कृष्ण रानाभाट, सूर्यराज घिमिरे, अर्जुन अधिकारी, रामप्रसाद पौडेल, उमेश भुवाइँ, सुवास पोखरेल र अग्नी पनेरु रहेका छन् । संस्थाको मुख्य कार्यालय पोखरा-८, सिमलचौरमा रहेको छ ।