पोखराको लेकसाइडमा ६ युवाको लगानीमा खुल्यो ‘ब्लुज हाउस’ रेष्टुरेन्ट

असोज १०, २०७९ सोमबार

पोखरा । पोखराको लेकसाइडस्थित गैह्राको चौतारामा ‘ब्लुज हाउस’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरा-६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वरकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र बद्री श्रेष्ठको संयुक्त लगानमा रेष्टुरेन्ट सञ्चालनमा आएको हो । 

करिब तीन करोड रुपैयाँको लागतमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका एक ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार रेष्टुरेन्टमा २० जनाले रोजगारी पाएका छन् । ‘खाना र संगीतको कला’ भन्ने आदर्शलाई आत्मसात गर्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र स्थानीय समाजसेवी राधादेवी बरालले संयुक्तरुपमा सोमबार रेष्टुरेन्टको शुभारम्भ गरेका हुन् । 

वडाध्यक्ष भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोंचका साथ रेष्टुरेन्टको सफलताको शुभकामना व्यक्त गरे ।

स्थानीय युवाहरुले शुरुआत गरेको व्यवसायलाई स्थानीयले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

समाजसेवी बरालले युवाहरुको जोश जाँगरलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समृद्धितर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

खानासँगै संगीतको कलामार्फत ग्राहकलाई मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्टको आकृति पनि त्यहि अनुरुप डिजाइन गरिएको अध्यक्ष ईश्वर बरालले जानकारी दिए । 

नेपाली र स्थानीय कला र संस्कृत झल्कने गरि बनाइएको रेष्टुरेन्टबाट साँझमा फेवातालमा देखिने छाँया नै रेष्टुरेन्टको मुख्य विषेशता हो ।

सञ्चालक मिलन गुरुङले नेपाली युवाहरुलाई नेपालमै स्वरोजगार हुन प्रेरित गर्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको भन्दै भविष्यमा पोखराका अन्य ठाउँमा पनि शाखा खोल्ने योजना रहेको उनले सुनाए । 

चाइनिज, इटालियन र कन्टिनेन्टल खानाको परिकारहरुको स्वाद लिन पाइने रेष्टुरेन्टमा शुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा २० प्रतिशतसम्म छुट दिइने गुरुङले बताए ।