घट्यो सुनचाँदीको मूल्य

असोज ११, २०७९ मंगलबार

काठमाडौं । सुनचाँदीको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले  सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार  छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमबार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भइरहरेको महासंघले जनाएको छ ।