श्रृङ्खला क्लव मौजाको विशेष अधिवेशन स्थगित

असोज १२, २०७९ बुधबार

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलाम मौजास्थित श्रृङ्खला क्लवको विशेष अधिवेशन स्थगित भएको छ ।

विशेष कारणवश अधिवेशन स्थगित भएको र अर्को सूचना जारी गरि छिट्टै अधिवेशन आह्वान गरिने अध्यक्ष जीवन अधिकारीले जानकारी दिए ।

अधिवेशन स्थगित भए पनि शुभकामना आदानप्रदान कार्यक्रम भने गरिएको थियो । 

कार्यक्रममा पोखरा-२० का वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाको गहनाको रुपमा श्रृङ्खला क्लव रहेकाले क्लवको अधिवेशन छिट्टै बोलाउन आफूले पहल गर्ने स्पष्ट पारे । 

अहिले केही प्राविधिक कारण स्थगित भएपनि सबै सदस्य र समुदायका अग्रजको सुझावका आधारमा अधिवेशन तय हुने उनले बतए । 

पत्रकारसमेत रहेका क्लवका पूर्व सल्लाहकार सबैलाई समेटेर छिट्टै अधिवेशन बोलाउन आग्रह गरे ।

उनले भने, ‘क्लव सिंगो भलामको गहना हो । यसले समाज र युवाका लागि खेलेको भूमिका निकै प्रशंसनीय छ । अहिले विशेष कारणले अधिवेशन स्थगित भएपनि छिट्टै आह्वान हुन्छ भन्ने विश्वास छ ।’

कार्यक्रम सञ्चालन क्लवका सचिव रेशम खत्रीले गरेका थिए ।