ट्रयाक्टरले किच्दा बालकको मृत्यु

असोज १४, २०७९ शुक्रबार

बर्दिया । बर्दियामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं. ९ मथुराका ५ वर्षीय छोरा उमेश लोध रहेका छन् । 

ट्रयाक्टरले किच्दा बालकको मृत्यु भएको हो । मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो । गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङ होम नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।