मंसिर १५, २०७९ बिहीबार
फाइल तस्वीर
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
मतगणनाको सुरुमा पछि परेका गुरुङले एमालेकी सचिव पद्मा अर्याललाई पछाडि छोड्दै अग्रता कायम गरेका हुन् ।
हाल कांग्रेस उम्मेदवार गुरुङ एमाले उम्मेदवार अर्याल भन्दा १ हजार ३२७ मतले अगाडि रहेका छन् । ५ हजार ३१४ मतका साथ गुरुङ पहिलो स्थानमा छन् भने ३ हजार ९८७ मा ल्याएर अर्याल पछ्याइ रहेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ १३ सय ८४ मत ल्याएर तेस्रो स्थानमा छन् ।