वडाध्यक्ष जोशीको हृदयघातबाट निधन

मंसिर १५, २०७९ बिहीबार

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । जोशीको हृदयघातका कारण निधन भएको हो ।  

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी-४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए । 

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।