भारतमा निसास्सिएर एकै परिवारका तीन नेपालीको मृत्यु

पुस १८, २०७९ सोमबार

पोखरा । भारतमा निसास्सिएर एकै परिवारका तीन नेपालीको ज्यान गएको छ । मेरठस्थित एक घरमा बस्दै आएका उनीहरु चिसोबाट बच्न राति कोइला बालेर सुतेको र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको ज्यान गएको बताइएको छ । 

ज्यान जानेमा कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रीमती ३४ वर्षीया राधा र छोरी अञ्जली रहेका छन् । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए । 

चन्द्र र राधाको घटनास्थलमै र छोरी अञ्जलीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।