एग्बोसाको अध्यक्षमा प्रद्युम्न केसी निर्वाचित

माघ ३, २०७९ मंगलबार

पोखरा । गण्डकी आवासीय विद्यालयको भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा)को अध्यक्षमा प्रद्युम्न केसी निर्वाचित भएका छन् । संस्थाको १३औं साधारणसभा तथा अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

संस्थाको उपाध्यक्षमा उपाध्यक्षमा माधवी नेपाल थापा, सचिवमा रवीचन्द्र गुरुङ, सहसचिव ई. सञ्जय भण्डारी, कोषाध्यक्ष्मा ई. उभेककुमार श्रेष्ठ निर्वाचित भए । 

यसैगरी सदस्यहरुमा माधव प्रसाद पौडेल, गोविन्द रेग्मी, सूर्य गुरुङ, ज्योति शेरचन, प्रकाश कर्मचार्य, रोजिना रञ्जित बिजुक्छे, सिए नीरज गुरुङ, मदन बराल, बन्दना कार्की केसी, रितेशमान पलिखे, प्रकृति गौतम र पारस देवकोटा छन् ।

संस्थाका अग्रणी ज्येष्ठ सदस्य पूर्णलाल कायस्थ, बद्री मल्ल र अमृत दाहाल रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । 

यसअघि साधारणसभाको शुभारम्भ गर्दै गण्डकी बोर्डिङका प्राचार्य बीरेन्द्र खड्काले विद्यालयको गरिमालाई माथि पुर्याउन भूपू विद्यार्थीको भूमिका निकै महत्वपूर्ण हुने बताए । 

संस्थाकी सदस्य रोजिना रञ्जित बिजुक्छेले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोषाध्यक्ष निरज गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र संस्थाकी सचिव माधवी नेपाल थापाले प्रस्तुत गरेकाृ सचिवालयको प्रतिवेदन सभाबाट सर्वसम्मत पास गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष कमल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो भने संचालन सचिव माधवी नेपाल थापाले गरेकी थिइन् ।