माघ ६, २०७९ शुक्रबार
पोखरा । स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।
परिषद्को आज भएको निर्वाचनमा नेविसंघको प्यानलले सबै पदमा विजयी हासिल गरेको हो ।
परिषद्को सभापतिमा नेविसंघका विराट सिग्देल विजयी भएका छन् । यस्तै, सचिवमा मीलन डुम्रे, कोषाध्यक्षमा कृति वाग्ले विजयी भएका छन् ।
यसैगरी परिषदको सदस्यमा (प्रत्यक्षतर्फ) सुवासचन्द्र पण्डित, अनिश गिरी, सोभित कार्की, भूमीका छुमी विजयी भए ।
यस्तै, समानुपातिकतर्फबाट सदस्यमा आशिष पाण्डे, सुजन पोखरेल, गौरव गिरी र सुमिता पौडेल विजयी भएको बताइएको छ ।