पोखरा बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः लालचन

माघ ७, २०७९ शनिबार

पोखरा । पोखरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पुनः नरेन्द्रमान लालचन चयन भएका छन् । 

क्याम्पसको शनिबार सम्पन्न ३६औं साधारणसभा तथा सातौं अधिवेशनले लालचनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ । नवनिर्वाचित अध्यक्ष लालचनले बाँकी सदस्यलाई पदाधिकारीमा चयन गर्नेछन् ।

सदस्यहरुमा भीम गौतम, शंकर गुरुङ, बद्री श्रेष्ठ, कुमारी मुना बाँस्तोला, ई. सोजन शेरचन, प्रकाश पहारी र उमा ठकुरी छन् ।