सामुहिक लोकनृत्यको उपाधि मेरिगोल्डलाई

माघ ९, २०७९ सोमबार

पोखरा । एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

विजेता मेरिगोल्डले नगद ४० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो ।

२० स्कूल सहभागी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, मेट्रोपोलिटन एकेडेमीले तेश्रो हुँदै नगद १५ हजार र भ्यूप्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गर्दै नगद सात हजार रुपैयाँ नगद पुरस्कार जित्यो ।