एनएमबि बैंकद्वारा कन्या क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ मेशिन सहयोग

माघ ११, २०७९ बुधबार

पोखरा । कन्या क्याम्पस पोखरालाई एनएमबि बैंकको सहयोगमा दुई थान सेनेटरी प्याड भेण्डिङ मेशिन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त मेशिन प्रदान गरिएको जनाएको छ । 

मेशिन हस्तान्तरण्ढा गर्दै बैंकका गण्डकी प्रदेशका प्रमुख दुर्गाराम पुरीले बैंकको यो सहयोगले क्याम्पस र बैंक बीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे । 

क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त क्याम्पसले छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएकोमा बैंकको सहयोगसंग थप सहज हुने बताए ।

कार्यक्रममा बैंकका वरिष्ठ क्षेत्रीय व्यवस्थापक दिभिर विक्रम शाह, महेन्द्रपुल शाखा प्रमुख सुदिप पौडेल, क्याम्पसका प्राध्यापक संघका सभापति डा. भूमिराज बस्ताकोटी, छात्रा कल्याण समितिका संयोजक ममता शाह लगायत सहभागी थिए । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले गरेका थिए ।