उत्तर कोरियामा पाँच दिन लकडाउन

माघ १२, २०७९ बिहीबार

काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङयाङमा पाँच दिनको लकडाउन लागू गरिएको छ ।

नागरिकहरूमा सास फेर्न गाह्रो भएपछि उत्तर कोरियाका नेता किम जोङले लकडाउन लागू गरेका हुन् ।

दक्षिण कोरियास्थित एनके न्यूजले सरकारी सूचनालाई उद्धृत गर्दै यहाँका नागरिकमा सास फेर्न गाह्रो भइरहेको जनाएको छ ।

सरकारी सूचनामा कोरोना भाइरसको उल्लेख भने गरिएको छैन ।  श्वासप्रश्वाससम्बन्धी रोगको मात्रै भनिएको छ ।

प्योङयाङका नागरिकलाई आइतबारको अन्त्यसम्म घरमै बस्न निर्देशन दिइएको छ ।

किम जोङले मानिसहरूले दिनमा धेरै पटक आफ्नो तापक्रम जाँच र रेकर्ड गर्न सल्लाह दिएका छन् ।

प्योङयाङका मानिसहरूले लकडाउनको निर्णय अघि नै आफ्नो घरमा खानेकुरा भण्डारण गरेका छन् ।