माघ १२, २०७९ बिहीबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलको नयाँ भवनको शुभारम्भ भएको छ । श्रीपञ्चमीको अवसर पारेर स्कूलको नयाँ भवन शुभारम्भ गरिएको हो ।
विद्यालयको नयाँ भवनसंगै सरस्वती मन्दिर उद्घाटन र ७० जना बालबालिकालाई अक्षरारम्भ गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले बालबालिकामा नैतिक शिक्षाको अपरिहार्यता रहेको र अभिभावकहरुले पनि आफ्ना सन्तानका लागि उचित समय छुट्याउन आवश्यक रहेको बताए ।
विद्यालयका संस्थापक/प्रिन्सिपल डा. महेश्वर पराजुलीले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सधैं तत्पर रहेको बताए । उनले समयको माग अझै परिस्कृत हुँदै अघि बढ्ने प्रतिवद्धता जनाए ।
स्कूलका संस्थापक पुरुषोत्तम पराजुलीले विद्यालयमा भौतिक तथा शैक्षिक सुधारसंगै विद्यालयले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
वैदिक मन्त्रोच्चारणसहित बालबालिका अक्षरारम्भ कार्यक्रममा समावेश भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भुवानी प्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा भाइस प्रिन्सिपल यदुविलास भर्त्याल र परीक्षा प्रमुख हेम सुवेदीले पनि बोलेका थिए ।