माघ १३, २०७९ शुक्रबार
पोखरा । उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्ड जाने जाहने पोखरेली विद्यार्थीलाई लक्षित गर्दैै ग्लोवल कन्सल्टले पोखरामा शाखा विस्तार गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थचोकमा ग्लोवल कन्सल्टले शाखा सञ्चालन गरेको हो । उक्त शाखा शुक्रबार शिक्षाविद् डा. राजेश थापाले शुभारम्भ गरे ।
संस्थाका प्रवन्धन निर्देशक दीपक क्षेत्रीका अनुसार १२ वर्ष अघि अष्ट्रेलियाको सिड्नीबाट सेवा शुभारम्भ भएको थियो । संस्थाले यसअघि नेपालको काठमाडौं, चितवन र बाराको सिमरामा पनि शाखा विस्तार गरिसकेको छ ।
यस्तै, अष्ट्रेलियाकै तासमानिया, क्यानबेरा, कोलम्बिया र भुटानमासमेत ग्लोबलले शाखा सञ्चालन गरेर सेवा दिंदै आएको छ । साथै नेपालको बुटवल, अष्ट्रेलियाको मेलवर्न र फिलिपिन्समा पनि शाखा विस्तारको तयारी भइरहेको संस्थाक प्रवन्ध निर्देशक क्षेत्रीले जानकारी दिए ।
संस्थाले वैदेशिक उच्च शिक्षाका निम्ति शैक्षिक परामर्श र सोसम्बन्धी तैयारी कक्षाहरु उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्ड जाने विद्यार्थीहरुलाई आवश्यक परामर्श र दक्ष प्रशिक्षकद्वारा आइइयलटिस तथा पिटिई कक्षासमेत प्रदान गरिने संस्थाले जनाएको छ ।
कार्यक्रममा डा. थापाले शैक्षिक क्षेत्रमा छोटो समयमै ख्याति कमाउन सफल ग्लोवलले पोखरा शाखा विस्तारसंगै अझै उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
साथै उनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने पोखरेली विद्यार्थीहरुले ग्लोवलमार्फत भरपर्दो सेवा प्राप्त गर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हरि पन्तले शैक्षिक क्षेत्रमा थुप्रै विकृति, विसंगति रहेको भन्दै यसलाई चिर्दै अघि बढ्न ग्लोवल सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी लोकबहादुर केसी, सञ्चारकर्मी सुरज थापा खप्तरी, संस्थाका पोखरा शाखा प्रमुख रोश्नी केसी लगायतले बोलेका थिए ।