पोखरामा कृष्णबहादुरद्वारा आत्मदाह प्रयास, आगो निभाउन गएकी संगीता गम्भीर घाइते

माघ १५, २०७९ आइतबार

प्रतिकात्मक तस्वीर

पोखरा । पोखरामा आगोले जलेर दुई जना घाईते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १३ की संगीता सापकोटा र संगीताको घरको डेरामा बस्दै आएका ४३ वर्षका कृष्णबहादुर क्षेत्री रहेका छन् ।

उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु दुवैको अवस्था गम्भीर रहेको छ । 

छिमेकीका अनुसार कृष्णबहादुरले वाथरुममा पसेर आफ्नै शरीरमा आफैले पेट्रोल खन्याएर आगो लगाएका थिए । 

सो आगो निभाउनेक्रममा संगीता पनि जल्न पुगेको एक छिमेकीले बताए । उनीहरुलाई छिमेकीले नै तत्कालै उद्धार गरि अस्पताल पुर्याएका थिए । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार कृष्णबहादुरको शरीर २५ प्रतिशत र संगीताको शरीर ७५ प्रतिशत जलको छ ।

कृष्णबहादुरले आफूले नै आगो लगाएको बताएको अस्पताल श्रोत बताउछ । 

कृष्णबहादुरले आत्मदाह प्रयास गरेको हो वा होइन भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।