माघ १५, २०७९ आइतबार
पोखरा । पाकिस्तानको बलुचिस्तानमा आज बिहान बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी मिडिया डनको रिपोर्टअनुसार उक्त दुर्घटना लसबेला जिल्लामा भएको थियो ।
बसमा ४८ यात्रु सवार रहेका थिए । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।
सोही कारण बसले पुलका दुई वटा खम्बामा ठक्कर खाएसँगै दुर्घटनामा परेको हो ।
एक महिला र एक बालकसहित तीन जनाको उद्धार गरिएको बताइएको छ ।